कोरोना सङ्क्रमितहरुको स्वास्थ्य अवस्था बुझ्न वराहक्षेत्र नगरपालिकाकाका नगर प्रमुख निलम खनाल घरघर पुगेका छन् । 

स्वास्थ्यकर्मी, मनोविमर्शकर्ताहरुको टोलीसहित नगर प्रमुख खनालले आइतबार सङ्क्रमितहरुको स्वास्थ्य अवस्था बुझ्दै घरदैलो गरे ।

सङ्क्रमितलाई आत्मबल बढाउन अनुरोध गर्दै नगर प्रमुख खनालले फलफूल, पौष्टिक आहार र औषधि घरमै लगेर दिए । सङ्क्रमितलाई अप्ठ्यारो अवस्था आए तुरुन्त खबर गर्न पनि नगर प्रमुख खनालले आग्रह गरे । 

सङ्क्रमितको अवस्था बुझ्दै उनले संयमता अपनाउन, मनोबल उच्च राख्न, नियमित औषधि सेवन गर्न आग्रह गरे । 

Bhetghat_Mayor

‘यति बेला सङ्क्रमितलाई एक्लोपन महसुस हुन्छ, एकान्तबासमा बस्दा आत्मबल कमजोर हुन्छ, सामान्य अवस्थामा रहेका सङ्क्रमित पनि जटिल अवस्थामा पुग्न सक्छन्, सङ्क्रमितको आत्मबल बढाउन अभियान स्वरुप घरदैलोमा छौं, नगर प्रमुख खनालले भने ।

कोरोना सङ्क्रमणको दोस्रो लहरका बेला बराहक्षेत्रमा ३० जना सक्रिय सक्रमित पुगेको नगरको तथ्यांक छ । 

यस अघि नगरले मेयर खनाल र प्रमुख प्रशासकीय अधिकृतले चढ्दै आएको गाडी वैकल्पिक एम्बुलेन्सका रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । नगरले जिल्लामै पहिलो पटक ५० शैय्याको आइसोलेसन स्थानीय सप्तकोशी बहुमुखी क्याम्पसमा निर्माण गरिसकेको छ । आइसोलेसनमा ३ जना सङ्क्रमितले उपचार गराइरहेका छन् । 

sangkramit_bhetghat