मोरङको मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्ने गाडी नागरिकहरुका लागि निःशुल्क कोभिड एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ ।

गाउँपालिकाले गाडी निःशुल्क रुपमा आइतबारबाट सञ्चालना ल्याउने भएको हो । पालिकामा रहेका बा २ झ १०६१ र को १ झ ५७६ नंं. का  गाडी कोभिड एम्बुलेन्सको रुपमा प्रयोग हुने भएका छन् । 

अहिले यो माहामारीमा नागरिकलाई सुरक्षित राख्न सक्नु मुख्य चुनौती भएकाले कोभिड विरुद्धको लडाइँमा नागरिकको स्वास्थ्य सुरक्षलाई पहिलो प्राथमिकतामा राखेर यस्तो निर्णय लिएको आचार्यले बताए । 

कोभिड अस्पताल सञ्चालन

गाउँपालिकाले मिक्लाजुङ–९ मा रहेको मधुमल्ला स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर र अक्सिजनसहितको १० बेडको कोभिड अस्पताल समेत सञ्चालनमा ल्याएको आचार्यले बताए । 

मिक्लाजुङ गाउँपालिकामा शुक्रबारसम्ममा ११ जना नयाँ कोरोना सङ्क्रमितहरु रहेका छन् । जस मध्ये शुक्रबार १२ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मिक्लाजुङ गाउँपालिका स्वस्थ्य शाखा प्रमुख चिन्तामणी पोख्रलले बताए । 

मिक्लाजुङमा समुदाय स्तरमा कोरोना भाइसको सङ्क्रमण पुष्टि भएकाले स्वास्थ्य सम्बन्धी मादण्डहरु पालना गर्न, अत्यावश्यक बाहेकका अन्य काममा घर बाहिर ननिस्कन पोख्रेलले  नगरवासीलाई आग्रह गरेका छन् ।