उर्लाबारी ।  उर्लाबारी नगरपालिकाको छैटौ नगर सभा मंगलबार संम्पन्न भएको छ । नगर प्रमुख खड्ग फागोको अध्यक्षतमा भएको सभाले चालु बर्षका वडा तथा नगर स्तरिय योजना संसोधन लगायतका दर्जन बढी निर्णय गरेको छ ।

  सभामा नगर प्रमुख फागोले पेश गरेको पुरक अनुमान विधेयक,नगर तथा वडा स्तरिय योजना÷कार्यक्रम संसोधन, संघ–संस्था दर्ता एवं प्राकृतिक स्रोत संरक्षण विधेयक र पाचौ“ नगर सभा पश्चात नगर कार्यपालिकाले गरेका निर्णयहरु सहितको कार्यसूची सुझाव सहित पारीत भएको निमित्व प्रमुख प्रशासकिय अधिकृत मुरारीप्रसाद घिमिरेले बताएका छन ।