विराटनगर ।  प्रदेश १ सरकारले सञ्चालन विराटनगरमा संचालनमा ल्याएकोे कोशी कोभिड उपचार केन्द्रमा अक्सिजन आवश्यक पर्ने गम्भिर खालका विरामी मात्र भर्ना लिने गरेको छ । जसकाे कारण मंगलबारसम्म ५३ बेड खाली छ ।

२१ वटा भेन्टिलेरसहितको आइसियू र ८३ वटा अक्सिजनसहितको बेड गरि ९६ शैय्याको अस्पतालमा मंगलबार दिउँसोसम्म ४३ जना संक्रमितको उपचार भइरहेको केन्द्रका प्रमुख बैजनाथ साहले जानकारी दिए । भर्ना भएका मध्ये १६ जना भेन्टिलेटरसहितको आइसियूमा छन् । २७ एचडीयूमा छन् ।   

८० बेडको कोरोना उपचार केन्द्र भने ममर्तका लागि भन्दै प्रदेश सरकारले बन्द गरेको छ । बिरामी भर्ना भएका उपचार केन्द्रमा पनि बिरामीको चाप बढेकाले बेड भरिन समय नलाग्ने उनले बताए । ‘संक्रमित बिरामीको संख्या बढदै गएको छ,’ साह भने, ‘अस्पताल आउने अधिकांश अक्सिजन लेभल कम भएका बिरामी छन् ।’

संक्रमितको संख्या बढदै गएकोले प्रदेश १ सरकारले ८० बेडको कोरोना उपचार केन्द्र पनि अक्सिजनसहितको अस्पतालमा ल्याउने तयारी गरिएको देवले बताए । ‘अहिले मर्मत सम्भार भइरहेको छ,’ उनले भने, ‘यस अघि पनि ३० शैय्याको अक्सिजनको सहितको वेड रहेको थियो । बाँकी रहेको ५० बेडमा पनि अक्सिजनसहति संचालन गर्ने तयारी गरिएको छ,’ उनले भने ।