अफगानिस्तानको लोगार प्रान्तको राजधानी पुल–ए–आलम मा आत्मघाती ट्रक बम विष्फोटमा २१ व्यक्ति मारिएपछि दक्षिणी जाबुल प्रान्तमा आइतबार अबेर रातिसम्म सुरक्षा बलमाथि विष्फोट भएको छ । 

विष्फोटमा तीन अफगान सुरक्षा बलका जवानको ज्यान गएको छ । यो मुठभेडमा तालिबानका ९ आतंकवादीसमेत मारिएको बताइएको छ । 

प्रान्तीय परिषद्का प्रमुख अता जान हकका अनुसार त्यससमय कलात शहरमा तालिबानले  एउटा सुरक्षा चौकीमाथि हमला गरेका थिए । हमलापछि भएको भीषण संघर्षमा दुई सुरक्षा बल घाइँते भएका थिए । 

अमेरिकी सैनिक फिर्ताको घोषणापछि २२६ को मृत्यु

अमेरिकी राष्ट्रपति जो बाइडनले सैनिक फिर्ता गर्ने घोषणा गरेका थिए । यो  घोषणापछि अफगानिस्तानका ३४ प्रान्तमध्ये २४ प्रान्तमा १५७ सुरक्षा बलसमेत २२६ जना मारिएका छन् । 

यसैक्रममा ६९ जना नागरिक पनि मारिएका छन् ।