कोरोना संक्रमणको तीव्र संघर्ष गरिरहेको भारतको सहयोगका लागि अमेरिकाले तीन अतिरिक्त विमानबाट स्वास्थ्य सामग्री भारत पठाएको छ । 

युएस एजेन्सी फर इन्टरनेश्नल डेभ्लोप्मेन्टले जारी गरेको प्रेस विज्ञप्तिमा अमेरिकी सहयोगबारे खुलाइएको छ । 

विज्ञप्तिका अनुसार विमानमा अक्सिजन सिलिण्डर र अक्सिजन सप्लाइसँग सम्बन्धित उपकरणका साथै अन्य स्वास्थ्य सामग्री छन् । 

स्वास्थ्य सामग्रीका साथ ९ लाख एन–९५ मास्क पनि पठाइएको छ । 

अमेरिकाले यस अघि दुई वटा विमानमा भारतलाई स्वास्थ्य सामग्री सहयोग पठाएको थियो ।