कोरोना भाइरसको दोस्रो लहरको जोखिम  सुरु भएसँगै  मोरङको मिक्लाजुङ गाउँपालिकामा जोखिम नियन्त्रणका लागि मधुमल्ला प्रहरी र ट्राफिक प्रहरी मधुमल्लाले सचेतना कार्यक्रम सम्पन्न गरेको छ । 

बिहीबार मिक्लाजुङ गाउँपालिकाको केन्द्र मधुमल्ला बजारमा तपाईको माक्स खै ? तपाईं आफैंले जान्नु  कि त हामी ले भनेको मान्नु भन्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी ,प्रहरी र ट्राफिक प्रहरीले  स्थानीयलाई सम्झाउँदै माक्स वितरण गरिएको हो । 

मिक्लाजुङलाई कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि मधुमल्ला प्रहरीले मधुमल्ला मुख्य चोक, दमक रोड, उर्लाबारी–मुधमल्ला रोड,मधुमल्ला बजार लगायतका क्षेत्रमा सचेतना अभियान संचालन गरेको ट्राफिक प्रहरी पोष्ट मधुमल्लाका ट्राफिक प्रहरी राजकुमार गौतम बताए ।

दिनदिनै संक्रमण बढ्दै गएकाले कोरोना भाइरसबाट बच्न माक्स प्रयोग गर्न आग्रह गर्दै निःशुल्क माक्स समेत वितरण गरेका मधुमल्ला प्रहरी चौकीका इञ्चार्ज देवेन्द्र फुयालले बताए । अभियानका क्रममा ४ हजार भन्दा बढी माक्स वितरण गरिएको वडा नम्बर ९ का वडा अध्यक्ष सोमनाथ अधिकारीले जानकारी दिए ।

कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणका लागि मिक्लजुङ गाउँपालिका  स्वास्थ्य शाखाले सचेतना अभियान चलाउने स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेलले जानकारी दिए ।

नेपालमा कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेसँगै माक्स र सेनिटाइजर प्रयोग गर्न आग्रह गर्दै अभियान चलाएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देविप्रसाद आचार्यले बताए । अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र निस्कनै परेमा स्वास्थ्यका मापदण्डहरु पूरा गरेर मात्र निस्कन समेत आचर्यले मिक्लाजुङ बासिहरुलाई अपिल गरे ।