ब्लाष्टखबर । धरानस्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचाररत काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । 

 सप्तरीका २४ वर्षीय  पुरूषकाे प्रतिष्ठानकाे काेभिड अस्पतालमा उपचारकाे क्रममा गय राती १२ बजेर १० मिनेटमा मृत्यु भएकाे प्रतिष्ठानका सह–प्रवक्ता चुडामणी पाेखरेलले बताएका छन्  । 

पाेखरेलका अनुसार बैशाख ९ गते काेराेना संक्रमण पुष्टि भएका मृतकलाई १३ गते प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना  गरिएकाे थियाे।