ब्लाष्टखबर । काेराेना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा सारिएकाे छ । अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारेर उपचार थालिएकाे  नर्भिक अस्पतालले जनाएकाे छ । 

भारतकाे  हरिद्वारमा भएकाे महाकुम्भ मेलामा सहभागी भएर फर्किएका  पूर्वराजपरिवारलाई वैशाख ७ गतेकोरोना संक्रमण पुष्टि भएको थियो।  संक्रमण पुष्टि भएकाे केहि दिनमा छाेरी प्रेरणासहित पूर्वराजा ज्ञानेन्द्र शाह र  पत्नी कोमल नर्भिक अस्पतालमा भर्ना भएका थिए । 

अस्पतालका अनुसार अक्सिजनकै सामान्य सपोर्टमा रहेका ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । छाेरी प्रेरणाकाे अवस्था भने सामान्य रहकाे बताएकाे छ ।