विर्तामोड । काठमाण्डौमा बेड अभाव भएपछि एकजना कोरोना संक्रमितलाई उपचारका लागि झापाको बीएण्डसी अस्पताल ल्याइएको छ ।

झापाको शिवसताक्षी–८ घर भई काठमाण्डौमा बस्दै आएका ६८ बर्षिय नरप्रसाद उप्रेतीलाई उपचारका लागि बीएण्डसी अस्पताल ल्याइएको हो ।

उनलाई बीएण्डसी अस्पतालको आइसीयुमा राखेर उपचार शुरु गरिएको अस्पतालका सुचना अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

कोरोनाको तिब्र संक्रमण भएपछि काठमाण्डौमा बेडको अभाव हुन थालेको छ । हेलिकप्टरबाट उप्रेतीलाई विर्तामोड ल्याइएको हो ।

उप्रेती सहित विएण्डसीमा ५ जना कोरोना संक्रमितको उपचार भइरहेको गिरीले जानकारी दिए । उनका अनुसार कोभिड संक्रमितलाई अलग्गै राखेर उपचार व्यवस्था मिलाइएको छ ।

बीएण्डसीमा २० साधारण बेडसहित २५ वटा बेडमा कोरोना संक्रमितलाई उपचार गर्ने ब्यवस्था मिलाईएको गिरीले बताए । आवश्यकता अनुसार बेडको संख्या थप गर्ने तयारी रहेको उनले बताए ।

कोरोना संक्रमित र अरु बिरामीलाई फरक फरक स्थानमा राखेर उपचार गर्ने ब्यवस्था मिलाइएको उनले बताए ।