सुनसरीमा ४७ सहित प्रदेश १ मा आज २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  सुनसरीकै धरानमा २६ जनामा सङ्क्रमण पुष्टि भएको छ । इटहरीमा ११, इनरुवामा ४, बर्जुमा २, भोक्राहानरसिंह, वराहक्षेत्र, गढी र स्थानीय तह नखुलेको १–१ जना छन् । 

मोरङमा १२०, झापामा ५०, छन् भने ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ जना छन् । यस्तै, प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा ४३ महिला र ६२ पुरुष सहित १०५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, कटहरीमा ५, सुन्दरहरैंचामा ३, जहदामा २, धनपालथान, पथरीशनिश्चरे, बेलबारी , बुढीगंगा र स्थानीय तह नखुलेका १–१ जना छन् । 

यसैगरी, झापाको बिर्तामोडमा १३, गौरीगञ्जमा ११, दमकमा ५, कमल गाउँपालिकामा ४, शिवसताक्षी, अर्जुनधारा, कनकाई र भद्रपुरमा ३–३, मेचीनगरमा २, बाह्रदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेकामा १–१ जनामा संक्रमण देखिएको छ । 

ताप्लेजुङको फुङलिङमा ११ र स्थानीय तह नखुलेको १, इलामको माईजोगमाई र रोङमा १–१, भोजपुरमा १, उदयपुरको बेलकामा १ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ९० पुगेको छ । संक्रमित मध्ये ३० हजार ६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३७७ पुगेको छ । प्रदेश १ मा आज ८४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८९ महिला र १६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतीकात्मक तस्बिर