इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्समा आगलागी भएको छ ।

आगलागीबाट लाखौंको क्षति भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

मङ्गलबार दिउँसो लागेको आगो सुरक्षाकर्मी, स्थानीय बासिन्दा र बारुणयन्त्रको सहायताले नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर रमेशकुमार बस्नेतले जानकारी दिए ।

आगलागीको कारण प्रष्ट भइनसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।