भारतमा कोरोना भाइरसको दोस्रो चरण घातक साबित भइरहेको छ । प्रत्येक दिन संक्रमितको मृत्युले नयाँ तथ्यांक निर्माण गर्दै गइरहेको छ । वल्र्डोमिटरका अनुसार भारतमा २४ घण्टामा २०२० कोरोना संक्रमितको मृत्यु भएको छ । 

गत वर्षदेखि हालसम्मको मृत्यु हुनेको तथ्यांक हेर्दा यो सबैभन्दा अधिक हो । 

पहिलो पटक भारतमा एक दिनमा दुई हजारभन्दा बढीको मृत्यु भएको तथ्यांक आएको छ । यस्तै संक्रीय संक्रमितको संख्यामा पनि अधिक वृद्धि भइरहेको छ । 

यसै क्रममा २,९४,११५ नयाँ संक्रमित थपिएका छन् । यो संख्या पनि भारतमा सबैभन्दा बढी संक्रमण भएको तथ्यांक हो । संक्रमणबाट मृत्यु हुनेको संख्या वृद्धि हुँदै १५६,०९,००४ पुगेको छ । उपचाररत बिरामीको संख्या २१,५०,११९ पुगेको छ । यो कुल संक्रमित संख्याको १३.८ प्रतिशत हो । 

समग्रमा भारतमा संक्रमितको निको हुने दर ८५ प्रतिशत पुगेको छ । आठ राज्यमा ७७ प्रतिशत मृत्यु भएको छ । ६ राज्यमा ६० प्रतिशत संक्रमण देखिएको छ ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या

२१ अप्रिल– २०२०

२० अप्रिल– १७६१

१९ अप्रिल– १६२०

१८ अप्रिल– १४९८

१७ अप्रिल– १३३८

१६ अप्रिल– ११८४

१५ अप्रिल– १०३८

– अमरउजालाबाट