सुनसरीको जिल्ला कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) बैठकले मास्क नलगाउने व्यक्तिलाई कार्यालय, पसल र सार्वजनिक स्थलमा प्रवेश नदिने नियम कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारले सोमबार गरेको निर्णय कार्यान्वयन कडाइका साथ गराउने निर्णय गर्दै बैठकले सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणालीमार्फत् सेवा प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन गरेको छ । 

सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, जुलुस, हाटबजार, खेलकुदलगायत मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । 

संक्रमणका अवस्थामा समन्वय र सहजीकरण गर्ने जिम्मेवारी स्थानीय सरकारलाई तोकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।  

होम क्वारेन्टिन र होम आइसोलेसनको व्यवस्थापन, व्यक्तिको स्वास्थ्य अनुगमन, अस्पतालसम्म पुर्याउन सहजीकरण गर्ने जिम्मा स्थानीय तहलाई तोकिएको छ ।

आवश्यक्ता अनुसार स्वाब संकलन र पीसीआर परीक्षणको व्यवस्था मिलाउनसमेत स्थानीय सरकारलाई दायित्व दिइएको छ । 

Sunsari_Note1

Sunsari_Note2