अमेरिकी अन्तरिक्ष संस्था (नासा) को एक हेलिकप्टरलाई मंगल ग्रहमा  पुर्‍याइएको छ ।

नासाको आधिकारिक ट्वीटर लगायतका सामाजिक संजालमा मंगल ग्रह पुगेको ‘मार्स हेलिकोप्टर’ को तस्बिर र भिडियो सार्वजनिक भएको छ । 

मंगलग्रहमा हेलिकोप्टर उडान पहिलोपल्ट हो । पृथ्वीको वायुमण्डलको तुलनामा १५ प्रतिशतमात्रै हावा भएको मंगल ग्रहमा हेलिकप्टर उडाउनु अत्यन्तै जोखिम हुने बीबीसीले उल्लेख गरेको छ ।

रकेटमार्फत् मंगल ग्रह पु¥याइएको यो लघु हेलिकप्टर ३० सेकेन्ड उडान भरेर ३ मिटर पर पुगेको नासालाई उदृत गर्दै अमेरिकी दूतावासले आफ्नो ट्वीटरमा उल्लेख गरेको छ ।

राइट दाजुभाइले पहिलो वायुयान उडाएको ११७ वर्षपछि मंगल ग्रहमा नासाको हेलिकप्टर पुगेको भन्दै नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेको छ ।

– एजेन्सी

Us_Ambassy_twit