ब्लाष्टखब । मोरङको कटहरी गाउँपालिका-१ मा संचालित जय बैष्णु फर्निचर उद्योगमा चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका-८ का २३ बर्षीय लक्ष्मी यादव, २२ बर्षीय अर्जुन मुखिया, २७ बर्षीय धर्मेन्द्र राय र २२ बर्षीय दिपेश कुमार राय रहेका छन् ।

गत शनिबार जहदा गाउँपालिका-४ का रतन कुमार कोईरीले संचालन गर्दे आएको उक्त फर्निचर उद्योगमा भएकाे चाेरीमा संलग्न उनिहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको उक्त कार्यालयले जनाएकाे छ ।

कार्यालयका अनुसार फर्निचर उद्योगमा चाेरी भएसंगै चोरीमा संग्लग्न ब्यक्तिहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले
उनीहरुकाे रन्दा मेशिन १ थान, हेण्डकटर १ थान, जेक्सो मेशिन १ थान, एलइडी टिभी १ थान, मोवाईल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजारसहित बिराटनगर-८ बाट मंगलबार दिउँसो पक्राउ गरेकाे हाे ।

पक्राउ परेका चारै जनाकाे सम्बन्धमा थप अनुसन्धन भइरहेकाे काैयालयले जनाएकाे छ ।