ब्लाष्टखबर । पछिल्लाे समय नेकपा एमालेमा समानान्तर कमिटि निर्माण गर्दै आएकाे माधव नेपाल पक्षले बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरेको छ ।

बल्खु स्थित  पछिल्लाे समय नेकपा एमालेमा समानान्तर कमिटि निर्माण गर्दै आएकाे माधव नेपाल पक्षले बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरेको छ ।

बल्खु स्थित सिद्धिगणेश पार्टी प्यालेसमा  एक कार्यक्रमकाे आयाेजना गरी नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यको संयाेजकत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । 

शाक्य नेतृत्वको उक्त कमिटीमा सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई छन् । त्यस्तै सचिवमा रचना खड्का चयन भएकी छिन्।

सदस्यमा सदस्यमा बसन्त मानन्धर, विष्णु देवकोटा, पेम्बा तामाङ, टोकबहादुर वाइबा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन्।