चैत २५ गते हुने नेपाल पत्रकार महासंघको प्रदेश १ को निर्वाचनमा २१ पदका लागि ५६ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका अनुुसार बिहीबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा मोहन काजी, लीलाबल्लभ घिमिरे र सोमनाथ सुसेलीले बिहीबार उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्षमा प्रेस युनियन र प्रेस सेन्टरको गठनबन्धनबाट युनियनका घिमिरेले उम्मेदवारी दिएका हुन् ।
खुल्ला उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । खुल्ला उपाध्यक्षमा रोहितकुमार राई, अर्जुन जम्नेली राई र लवदेव ढुंगानाले उम्मेदवारी दर्ता गराएका छन् ।
महिला उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । कोकिला ढकाल र हिमाकुमारी चेम्जोङले महिला उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । महासचिवमा चार जनाको उम्मेदवारी परेको छ । विवेक गौतम, फिपराज बेघा लिम्बू, बन्धु पोखरेल र श्रीशिशा राई (श्रीप्रसाद) छन् ।
खुल्लातर्फको सचिवमा तीन जनाको उम्मेदवारी परेको छ । खुल्ला सचिवमा कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बू छन् । यस्तै समावेशी सचिवमा सन्तवीर लामा र सन्तोष यादवको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा सन्तोष रुचाल, गणेश साम्पाङ र विमल लामिछाने ‘बुद्धि’ ले उम्मेदवारी दिएका छन् । पाँच जना खुल्ला सदस्यको पदमा १४ जनाको उम्मेदवारी परेको छ ।
खुल्ला सदस्यहरूमा कमल रिमाल, टीकाराम उप्रेती, केशरबहादुर चौहान, केशव भट्टराई, गोपाल प्रसाद पोखरेल, तेजेन्द्र भण्डारी, तोयानाथ भट्टराई, ध्रुव भट्टराई, मिनराज (प्रवास) उप्रेती, युवराज विवश, लिलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाईं र सुरेन्द्र भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
तीन जना महिला सदस्यको पदमा ७ जनाको उम्मेदवारी परेको छ । शुभद्रा प्याकुरेल, विनादेवी तामाङ, देविका चाम्लिङ राई, विनु तिम्सिना, माला पालुङ, सुमित्रा कोइराला र सुशीला पाठकले महिला सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
दलित सदस्यमा रणध्वज लोहार र पिबी दियालीको उम्मेदवारी परेको छ । आदिवासी जनजाति सदस्यमा उपेन्द्र चाम्लिङ, दिलकुमार लावती, विष्णु सुब्बा र यमनकुमार दनुवारले उम्मेदवारी दिएका छन् ।
दुई जना मधेशी सदस्यको पदमा पाँच जनाले उम्मेदवारी दिएका छन् । मधेशी सदस्यहरुमा सूर्यनारायण यादव, चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फुलचन्द मेहता, ब्रम्हदेव यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
अल्पसंख्यक सदस्यमा विजय धिमाल, तावील अन्सारी र लीलाबहादुर सुनुवारले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्ष र समावेशी सचिवबाहेक सबै पदमा संयुक्त प्यानलकै सदस्यहरूबाट बागीको रूपमा उम्मेदवारी दर्ता भएको बताइएको छ । प्रेस युनियनको नेतृत्वमा माधव नेपाल पक्षका चौतारीसहित चुनावी मैदानमा उत्रिएको समीकरणमा अधिकांश पदमा बागी उम्मेदवारी परेको छ । प्रेस चौतारी संस्थापन पक्षले भने ९ वटा साना संगठनहरुसँग समीकरण गरेको छ । चौतारीमा बागी उम्मेदवारी नपरेको बताइएको छ ।
बागी नपरेपछि चौतारीले आफ्नो पल्ला भारी रहेको दाबी समेत गरेको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा पूर्वाञ्चल इञ्चार्ज भइसकेका मोहन काजी न्यौपानेको नेतृत्वमा चौतारीले समीकरण बनाएको छ । मोहन काजी पूर्वका पुराना र ख्याती कमाएका पत्रकार हुन् । उनले श्रमजीवि र व्यावसायिक पत्रकारको प्रतिनिधित्व गर्दै आइरहेका छन् ।
निर्वाचन समितिका अनुसार उम्मेदवारको प्रकाशित नामावली उपर दावी विरोधको समय चैत २० गते दिउँसो १ बजेसम्मका लागि तोकिएको छ । महासंघको चुनाव आगामी चैत २५ गते हुँदैछ । प्रदेश १ मा १ हजार ६ सय बढी मतदाता रहेका छन् ।