ब्लाष्टखबर।  सरकार र विप्लपबिच भएकाे तीन बुधे सहमती पालना गर्न प्रतिबद्ध रहकाे नेकपाका महासचिव विप्लवले जनाएका छन् ।

बुधबार र बिहबार दुबै पक्षका प्रतिनिधि विच भएकाे सहमतीपछि आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षरपछि बोल्दै विप्लवले सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् ।

उनले युद्धको अन्त्य कम्युनिष्टले मात्रै गर्न सक्ने बताउँदै   उनले भने, ‘घुम्दै रुम्जाटार पुग्‍ने राजनीतिक स्थितीमा परिवर्तन हुनुपर्छ । हातेमालो गर्न हामी तयार छौँ ।’   

उनले सहिदको सपना पूरा नहुन्जेल नेपाली जनता र नेपाल राष्ट्रको भविष्यका लागि निरन्तर लागिरहने बताउँदै राजनीतिक मुद्दाहरुलाई शान्तिपूर्ण ढंगले लिएर जनतासम्म लैजाने बताए ।