जुबा । दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका  दु ई सदस्य सहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ ।

विमानमा सवार दुई पाइलट सहित दश व्यक्तिको मृत्यु भएको राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी बताएका छन् । उनले सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहाँ पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन् ।(एएफपी)