ग्वायाक्युली ।  दक्षिण अमेरिकी देश इक्वेडरकाे विभिन्न चारबाट जेलमा  गत मंगलबार कैदिहरू बिच भएकाे भएकाे  दङ्गामा परी ज्यान गुमाउने व्यक्तिको संख्या ७९ पुगेको  त्यहाकाे प्रहरी प्रशासनले जनाएकाे छ । 

 इक्वेडरमा गत वर्ष पनि कैदीको विवादका कारण भएकाे दङ्गामा  ५१ जना कैदिकाे मृत्यु भएकाे थियाे । उक्स समय अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसात्मक कार्य प्रयास प्रति  जेलमा आपतकालिन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए । गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै सात घाइते भएका थिए ।

 मंगलबार भएकाे उक्त घटना प्रति  राष्ट्रपति मोरेनोले  एकसाथ भएको उक्त हिंसामा आपराधिक सङ्गठनको हात रहेको आरोप लगाएका छन् । भने मानव अधिकारकर्मीहरूले   मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ ।