नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) को १ नम्बर प्रदेश स्तरीय भेला आयोजनाका लागि बुधबार इटहरीमा विभिन्न उपसमिति गठन गरिएको छ । 

गठन गरिएका उपसमितिमा आर्थिक व्यवस्थापन, प्रचारप्रसार, खाद्य तथा आवास, अतिथि सत्कार, मञ्च तथा साउण्ड सिस्टमलगायतका उपसमिति निर्माण गरिएको छ । 

फोनिज सुनसरी जिल्ला अध्यक्ष धिरेन्द्र चौधरीको संयोजकत्वमा आर्थिक उपसमिति गठन भएको छ । जसका सदस्यहरुमा प्रदीप जस्मैत चौधरी, विना तामाङ, नवीन गुरुङ र निशान प्रकृति थारु रहेका छन् । 

प्रचारप्रसार तथा समन्वय उपसमितिका संयोजक नवीन गुरुङ छन् भने सदस्यमा विना तामाङ रहेकी छन् ।  

खाद्य तथा आवास व्यवस्थापनका संयोजकमा निशान प्रकृति थारु छन् भने सदस्यहरुमा सरोज चौधरी र कृष्णकुमार चौधरी छन् । 

विना तामाङको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन भएको छ भने सदस्यमा राजकुमारी चौधरी, कमला चौधरी र सुप्रिया राई छन् ।

मञ्च व्यवस्थापन तथा साउण्ड व्यवस्थापनमा संयोजक प्रदीप जस्मैत छन् भने सदस्यहरुमा सुनिल चौधरी र कमला चौधरी रहेको फोनिज प्रदेश १ कार्यक्रम संयोजक विदुर खवासले जानकारी दिए ।

आगामी फागुन २१ र २२ गते रामधूनी नपा ७ स्थित रास तालमा प्रदेश भेला हुनेछ । 

प्रदेश भेलाले थारु संग्राहलय, रामधुनी मन्दिर, कोसी नदी, शंकरबेली ताल, रास ताल जुडी सिमसार क्षेत्र, ग्राम थान र वराहक्षेत्र नगरपालिकाका पर्यटकीय क्षेत्रलाई प्रबर्द्धन गर्ने उद्देश्य राखेको फोनिज सुनसरी अध्यक्ष धीरेन्द्र चौधरीले बताए । 

गत वर्ष फोनिजको पहिलो अधिवेशन सिन्धुलीको सिन्धुलीगढीमा भएको थियो ।