अखिल नेपाल महिला संघ (अनेम संघ) वराहक्षेत्रले नगरस्तरीय अगुवा महिला भेला गरेको छ । नेकपामा विवाद भइरहेका बेला तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछिको पहिलो नगरस्तरीय भेला आयोजना गरिएको हो । 

भेलामा नेकपाकी नेता भगवती चौधरी, प्रदेश १ का वनमन्त्री जगदीश कुसियत, नेकपाका नेता खेमराज पोखरेल, वराहक्षेत्र नगर प्रमुख निलम खनाल, अनेम संघकी नेता देउमाया थापा मगर, इन्दु गौतम, इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम, धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीलगायतको सहभागितामा भेला गरिएको हो । 
 
एक औपचारिक कार्यक्रमका बीच चक्रघट्टीस्थित जनहीत क्लबमा भेला गरिएको  छ ।  भेलाले यशोदा खड्काको संयोजकत्वमा ८३ सदस्यीय नगर कमिटी गठन गरेको छ । कमिटीको सचिवमा मणिदेवी राई सदस्यहरुमा कला राई, सईन राई, अनु राई, मना तामाङ, मिना श्रेष्ठलगायतका छन् । 



ANMbaraha1

ANMbaraha4

ANMbaraha2

ANMbaraha6

ANMbaraha3 1

ANMbaraha5

ANMbaraha7

ANMbaraha8

ANMbaraha9