श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ १५ गते बिहीबार, २८ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष शुक्लपक्षको पूर्णिमा तिथि १ः०४ बजेसम्म, उप्रान्त प्रतिपदा तिथि, नक्षत्र पुष्य ४ः०६ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः५२ र सूर्यास्त ५ः४१ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

खर्चिलो काम थाल्नाले केही समस्या आउनेछन् । आवश्यकता पूरा गर्न ऋण लिनु पर्ने हुनसक्छ ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

केही विवादास्पद काम गर्नुपरे पनि धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्रँप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

थालेका कामकाजबाट आफूलाई प्रशस्त लाभ मिल्नेछ । अग्रज व्यक्तिहरूबाट हौसला पाइने योग रहेको छ ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

रोकिएको धन प्राप्त हुनेछ । आफन्त र साथीभाइहरूबाट सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रबाट सफलता प्राप्त हुनेछ । लामो दूरीको यात्रा हुनेछ । प्रेमसम्बन्धमा सफलता मिल्ला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सरकारी जागिरको योग बनेको छ । सवारी साधन खरिद गर्दा सावधानी अपनाउनु होला । यात्रा कष्टकर रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज शुभकार्यको चर्चा चल्नेछ । वित्तीय संस्थाबाट सहयोग पनि मिल्ला । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज मानसिक चिन्ता बढ्नेछ । मनमा दुविधा उत्पन्न हुनसक्छ । मालसामान पनि हराउन सक्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धर्म–कर्ममा रुचि बढ्नुका साथै सामाजिक कार्यमा मन जानेछ । व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आवश्यक भौतिक साधन सजिलै जुट्नेछ । आम्दानी बढ्नाले मनमा उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्ला । लगानी गर्दा विचार पु¥याएमा फाइदा हुनेछ । मन प्रसन्न रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कामकाजमा केही अवरोध आइपरे पनि ैसफलता प्राप्त गर्न सकिनेछ । सामाजिक क्षेत्रका कामकाजमा हौसला प्रँप्त हुनेछ ।