ब्लाष्टखबर ।  भारतमा ७२ औं गणतन्त्र दिवस मनाइरहँदा लामाे समयदेखी आन्दाेलनरत किसानहरूले ट्र्याक्टर र्याली सुरु गरेका छन् । गणतन्त्र दिवसकाे अवसरमा  दिल्ली स्थित  लाल किल्लामा झण्डाताेलन गर्ने भन्दै सिंहु नाकामा रहेका आन्दाेलनरत किसानहरूले किसानहरूले र्यालि निकालेका हुन् । 

यसविच, र्यालीमा रहेका  किसान र प्रहरीविच आईटीओमा झडप भएकाे छ । प्रहरीले आन्दोलनकारी किसानहरूलाई लाठीचार्ज  गर्नुकासाथै अस्रुग्यास प्रहार गरेकाे भारतिय समाचार संस्थानले जनाएकाे छ । आक्रोशितहरूले किसानले प्रहरी गाडिमा ताेडफाेड गरेका छन् ।

 हजारैँ ट्याक्टरसहित संजय गान्धी यातायात नगर पुगेका र्यालीमा निस्किएका किसानहरूलाई  प्रहरीले तितरबितर गर्न आँसु ग्यास प्रहार गरेसंगै शान्तिपूर्ण  दिल्लीका विभिन्न सडकमा किसान र प्रहरी विच झडपकाे स्थिति सिर्जना भएकाे छ ।