श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ १३ गते मङ्गलबार, २६ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष शुक्लपक्षको त्रयोदशी तिथि १ः२९ बजेसम्म, उप्रान्त चतुर्दशी तिथि, नक्षत्र आद्र्रा ३ः२६ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः३९ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

तपार्इंको लागि समय अनुकूल देखिन्न । पारिवारिक झमेला तथा स्वास्थ्य समस्या आउनेछ । यात्रा कष्टकर रहला ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मन अशान्त रहनेछ । स्वास्थ्यको ख्याल राख्नुहोला । कुनै पनि कार्य गर्दा मान्यजनको सल्लाह लिनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मन प्रसन्न रहला । धन र स्वास्थ्य लाभको साथै सुख प्राप्त होला । शत्रुमाथि विजय प्राप्त होला ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

सामाजिक कार्यमा रुचि बढ्नेछ । धर्म–कर्ममा मन जानेछ । थालेका कार्यमा सफलता मिल्ने देखिन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आभूषण तथा वस्त्रको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । बिछोडिएका मित्रजनसँग भेटघाट होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सुख र धनको प्राप्ति हुनेछ । नया“ वस्त्र प्राप्त हुन सक्नेछ । आफन्त तथा मित्रजनबाट साथ सहयोग मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

राजनैतिक क्ष्ँेत्रमा सफलता हासिल गर्न सकिएला । आजको दिन उत्तम देखिन्छ । मान, सम्मान प्राप्त हुनसक्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा–जमिनको कारोबारबाट लाभ हुनेछ । वैदेशिक यात्राको योग रहेको छ । पढाइ लेखाइमा रुचि बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पेटसम्बन्धी समस्याले सताउन सक्ला । स्वास्थ्यप्रति सजग रहनुहोला । खानपानमा विचार पु¥याउनु पर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज धनलाभ हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुने देखिन्छ । छोटो दूरीको फलदायी यात्रा होला । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तपाईको द्वितीय भावमा चन्द्रमा रहेका छन् । तपाईंको बोलीको प्रभाव वृद्धि हुनेछ । आफन्तजनको साथ सहयोग मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

समय उत्तम रहेको छ । तीर्थयात्राको योग रहेको छ । बोलीमा संयमता अपनाउनु होला । पढाइ लेखाइमा मन जानेछ ।