श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ १२ गते सोमबार, २५ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष शुक्लपक्षको द्वादशी तिथि ००ः४१ बजेसम्म, उप्रान्त त्रयोदशी तिथि, नक्षत्र मृगशिरा २ः०९ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः३९ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

तपार्इंको लागि समय अनुकूल नरहला । अनावश्यक यात्रा तथा व्यर्थमा धन खर्च हुन सक्नेछ ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यापार–व्यवसाय सफल होला । धनलाभ हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनसक्छ । यात्रा सफल होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कार्य सिद्धि होला । मानसम्मानमा वृद्धि हुनेछ । स्वास्थ्यले पनि साथ देला । उच्च अधिकारीबाट साथ पाइनेछ ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मानसिक चिन्ता र असन्तुष्टि रहला । व्यवसाय पनि अवरुद्ध होला । यात्रा कष्टकर देखिन्छ । दिन सामान्य छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । आकस्मिक धनको लाभ होला । लामो दूरीको यात्रा रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापार–व्यवसायबाट सोचेअनुरूप लाभ मिल्नेछ । पढाइमा रुचि बढ्नुका साथै यात्रा सफल हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रेमसम्बन्धमा उतार–चढाव आउला । बोलीमा थोरै संयमता अपनाएर अगाडि बढ्नु होला । दिन सामान्य छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्ला । परिवारमा खटपट हुनसक्छ । दिन सामान्य रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । वस्त्र तथा आभूषणको व्यवसायबाट प्रशस्त लाभ हुने योग रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ । मान–सम्मान प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मानसिक असन्तोष पैदा हुनेछ । आफ्नो कुटुम्बहरूसँग सुमधुर सम्बन्ध प्रयत्न गर्नुहोला । दिन सामान्य छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कार्य सिद्धिमा बाधा अड्चन आउनेछ । घाटा बाधा आदिको सामना गर्नुपर्ला । समय मध्यम् रहेको छ ।