श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ ९ गते शुक्रबार, २२ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष शुक्लपक्षको नवमी तिथि १८ः४३ बजेसम्म, उप्रान्त दशमी तिथि, नक्षत्र भरणी १८ः५१ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः३६ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

कार्य सम्पादनमा सहजता मिल्नेछ । भाग्यले साथ दिनेछ । काममा सफलता हात पर्नेछ ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला । सामानहरू छुट्ने, हराउने सम्भावना रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गोपनीय ढ·ले गरिएको क्रियाकलापमा सफलता मिल्नेछ ।   

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

सामाजिक कार्यमा सफलता मिल्नेछ । घरपरिवारमा रमाइलो वातावरण छाउला । मन प्रसन्न रहनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोकिएको काम पुनः सुरु हुन सक्नेछ । मन एकदमै प्रफुल्लित रहला । धर्म, कर्ममा मन जानेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मन निराश र शरीर आलश्य रहला । थालेका कार्यमा ढिलासुस्ती हुनेछ । पढाइमा रुचि बढ्ने छैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । शुभकार्यको चर्चा चल्नेछ । खानपानमा विचार पु¥याउनु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । नयाँ कामको थालनीले मन प्रसन्न रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

वस्त्र, आभूषण आदिको व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । मन प्रफुल्लित रहनेछ । छोटो यात्रामा सरिक भइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अचल सम्पत्ति हातपर्नुका साथै लाभदायक यात्रा हुनेछ । वैदेशिक यात्राको योग रहेको छ । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

चिताएको कामले तीव्रता लिनेछ । अचल सम्पत्ति प्राप्त होला । लाभदायक यात्रा हुनेछ । आजको दिन राम्रो रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख प्राप्त हुने योग छ ।