बिर्तामोड ।  नेको इन्सुरेन्सले शित भण्डारमा भण्डारण गरिएको किसानको नगदेबाली कुहिएर नष्ट भएपछि त्यस बापतको ३० लाख रुपैयां भुक्तानी गरेको छ ।

गतबर्षको बाली लगाउने समयमा आलुको बिउ लगायका खाद्यान्न कुहिएपछि बिमा कम्पनिले दावी बमोजिमको रकम भुक्तानी गरेको जनाएको छ । बिर्तामोडको रोयल कोल्ड स्टोरेजमा किसानद्वारा भण्डारण गरिएको स्याउ, आलु, सुन्तला, अनार, नासपाती, अङ्गुर, घिउ र  क्रिम बिग्रिएको थियो ।

कोल्ड स्टोरेज सञ्चालकले  त्यसको भुक्तानी दाबी गरेपछि क्षति बराबरको रकम भुक्तानी गरेको बिर्तामोड शाखा प्रमुख सुमन पोद्वारले जानकारी दिए । 

बिमा रकम हस्तान्तरण कार्यक्रममा पोद्धारले निर्जीवन बिमाको क्षेत्रमा अब्बल रुपमा काम गरिरहेको यस नेकोले समयमै बिमा दाबिको रकम हस्तान्तरण गरेको बताए । रोयल कोल्ड स्टोरेजका संचालक किशोर क्षेत्रीले कोल्ड स्टोरको मेसिनमा समस्या आएर कृषिजन्य बस्तु कुहिएर नष्ट भएपछि बिमा बापतको क्षतिपुर्ती माग गरेका थिए ।