श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ ६ गते मङ्गलबार, १९ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष शुक्लपक्षको षष्ठी तिथि ११ः१५ बजेसम्म, उप्रान्त सप्तमी तिथि, नक्षत्र उत्तरभाद्र १०ः८ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः३४ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

व्यापार–व्यवसायमा लाभ प्राप्त होला । धनलाभ तथा मिष्ठान्न भोजन प्राप्त हुनसक्छ । कार्य सिद्धि होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

तपाईंको लागि समय अनुकूल नरहला । अनावश्यक यात्रा तथा खर्च हुनसक्छ । आजको दिन सामान्य छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आफ्नो स्वास्थ्यप्रति विशेष सजग रहनुहोला । व्यर्थमा आफ्नो समय र पैसा खर्च हुनेछ ।   

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

स्वास्थ्यको ख्याल गर्नुहोला । मन अशान्त रहनेछ । रोग–कष्ट तथा आकस्मिक सङ्कट आदिको भय रहन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मानसिक असन्तोष पैदा हुनेछ । आफ्ना कुटुम्बहरूसँग सुमधुर सम्बन्ध बनाउने प्रयत्न गर्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

यात्रा कष्टकर रहला । मन अशान्त रहनेछ । पढाइमा पनि मन नजाला । विवादमा पर्न सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन प्रसन्न रहला । धन र स्वास्थ्य लाभको साथै सुख प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यवसायमा आफूले सोचेजस्तो फाइदा नहोला । राज्यबाट भय रहनेछ । स्वास्थ्यले साथ नदेला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

वैदेशिक यात्रा गर्नेहरूको लागि आजको दिन राम्रँे रहेको छ । व्यापार–व्यवसायमा लगानी गर्दा प्रशस्त फाइदा होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

वस्त्र तथा आभूषणको व्यवसायबाट प्रशस्त लाभ हुनेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । पढाइमा रुचि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ आम्दानीका स्रोतहरू खुल्नेछन् । आँटे ताकेका कार्यहरू विस्तारै बन्दै जानेछन् । मिष्ठान्न भोजन प्राप्त होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

स्वास्थ्यले साथ देला । उच्च अधिकारीबाट पनि साथ र हौसला मिल्नेछ । लामो दूरीको यात्रा होला ।