श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ ५ गते सोमबार, १८ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष शुक्लपक्षको पञ्चमी तिथि ९ः३१ बजेसम्म, उप्रान्त षष्ठी तिथि, नक्षत्र पूर्वभाद्र ७ः३४ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि मीन, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः३३ मा हुनेछ ।


मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

समय राम्रो छ । व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । रोकिएका कामकाज बन्दै जानेछन् ।   


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

खानपानमा विचार पु¥याउनु होला । पेटको समस्या हुनसक्ला । तपाईंको गन्तव्य रोकिन सक्छ । 


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले कामकाज अगाडि बढ्नेछ । मन प्रसन्न रहला ।   


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । आफन्तको सरसहयोगले रोकिएका काम सफल बन्ने देखिन्छ । 


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रबाट सफलता पाइनेछ । लामो दूरीको यात्रा हुनेछ । मन प्रसन्न रहला । दिन राम्रँे छ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पेटसम्बन्धी समस्याले सताउन सक्छ । शरीरको ख्याल राख्नु होला । पढाइमा मन जाने देखिन्छ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ कामको थालनीले मन प्रसन्न रहनेछ । व्यवसायमा गरेको लगानीबाट पनि प्रशस्त लाभ हुने देखिन्छ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ होला । आजको दिन उत्तमखालको छ । मन प्रसन्न रहनेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

लामो दूरीको यात्रा हुनेछ । साथीभाइहरूसँग मेलमिलाप हुनाले कार्य सफल हुनेछ । मन प्रसन्न रहला । 


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पारिवारिक सम्बन्धमा सुमधुरता छाउनेछ । मनोरञ्जनात्मक कार्यहरू हुनेछन् । आजको दिन राम्रो रहेको छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

शरीर भारी र मन अस्थिर रहने सङ्केत देखिन्छ । लेनदेनमा सजगता अपनाउनु होला । दिन सामान्य रहेको छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रेमसम्बन्धमा सफलता पाइनेछ । भ्रमणको योग रहेको छ । नयाँ वस्त्र तथा आभूषण प्राप्त हुने देखिन्छ ।