ब्लाष्टखबर ।  साताकाे पहिलाे दिन  नेपाली बजारमा सुनकाे मुल्यमा गिरावट आएकाे छ । शुक्रबार तोलाकाे ९२ हजार ५०० मा काराेबार भएकाे छापावाला सुनकाे आइतबार ९१ हजार ८०० मा कारोबार हुने गरी मुल्य कायम गरीएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । 

 महासङ्घका अनुसार आज तेजाबी सुन   ९१ हजार ३०० मा कारोबार भएको छ ।

यस्तै चाँदी तोलामा  ३० ले घटेको छ ।  १ हजार २६० मा शुक्रबार कारोबार भएको चाँदी आज भने  १ हजार २३० मा मूल्य निर्धारण भएको छ ।