ब्लाष्टखबर । नेपाल– भारत  पेट्रोलियम पाइपलाइनमा प्वाल पारी डिजेल चाेरी भएकाे भारतिय संञ्चार माध्यमले जनाएकाे छ ।

भारतीय संञ्चार माध्यम नव भारतका अनुसार नेपाल भारतकाे सिमान भन्दा करिव १ सय २० किलाेमिटर टाढा बिहारकाे सिवन जिल्लामा रहकाे पाइपलाइनलाइ प्वाल पारी हजारै लिटर डिजल चाेरी भएकाे हाे  । 

बुधबार पाइपलाइनबाट आएकाे डिजलकाे प्रसर कम भएकाे  भएपछि इन्डियन अयल कर्पाेरेसनलाय साेकाे जानकारी गराएकाे बताउँदै , अमलेखगञ्ज डिपो प्रमुख तथा पेट्रोलियम पाइपलाइन आयोजना प्रमुख भरत रेग्मीले   करिब १० इन्च व्यास भएको पाइप लाइनमा ड्रिल मेसिनबाट दुलो बनाएर अर्को पाइप जोेडी डिजेल चोरी भएको  जानकारी  आएकाे बताएका छन् । 

रेग्मीले चाेरीमा संलग्न रहेकालाइ पक्राउ गरिएकाे जानकारी आएकाे भएपनि पूर्ण जानकारी नआएकाे बताएका छन् ।

उनले  पाइपलाइनबाट भएकाे उक्त चाेरीबाट भएकाे क्षति नेपालले वेहाेर्नु नपर्ने बताइएकाे छ । हाल पाइपलाइनबाट नियमित रुपमा डिजेल आपूर्ति भइरहेको बताएका छन् ।