ब्लाष्टखबर ।  अहिलेसम्मकै सर्वाधिक कित्ता रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आजदेखि बिक्रीका लागि खुला गरिएको छ ।

 ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ बिक्रीका लागी खुल्ला गरेकाे  नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जम्मा कित्तामध्ये  नागरिकका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन गरेकाे छ ।

सोमध्ये कर्मचारीका लागि १ लाख ६० हजार कित्ता र सामुहिक लगानी कोषका लागि ४० लाख कित्ता छुट्याइएको छ ।   एनआइबिएल एस क्यापिटल प्रबन्धक रहेकाे  आईपीओ बिक्री गर्न धितोपत्र बोर्डले पुष १० गते कम्पनीलाई अनुमति दिएको थियो ।

सबै आवेदकले निश्चित आईपीओ पाउनेछन् भने छिटोमा माघ ६ देखि ढिलोमा १६ गतेसम्म बिक्रीमा रहनेछ । मागअनुसार आवेदन परेमा छिटो अवधिमै बिक्री बन्द हुने कम्पनीले जनाएको छ ।