श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ २ गते शुक्रबार, १५ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष शुक्लपक्षको द्वितीया तिथि ८ः२० बजेसम्म, उप्रान्त तृतीया तिथि, नक्षत्र धनिष्ठा ५ः३० बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः३१ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

स्वास्थ्यको ख्याल राख्नुहोला । मन अशान्त रहनेछ । रोग, कष्ट, नोक्सानी आदि हुनसक्ला ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धनलाभ हुनसक्छ । व्यापार–व्यवसायबाट सन्तोषजनक नतिजा प्राप्त होला । फलदायी यात्राको योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रेमसम्बन्धमा सफलता मिल्नेछ । वैदेशिक यात्रा राम्रो रहेको छ । खानपानमा विचारपु¥याउनु होला ।   

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मानसिक असन्तोष पैदा हुनेछ । आफन्तजनस“ग सुमधुर सम्बन्ध बनाउने प्रयास गर्नुहोला । यात्रा कष्टकर देखिन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कार्यसिद्धिमा बाधा अड्चन आउनेछ । समस्याको सामना गर्नुपर्ने योग रहेको छ । दिन सामान्य छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मानसिक चिन्ताको कारण दिमागमा गम्भीर असर पर्नसक्छ । सावधानी अपनाउनु होला । दिन सामान्य छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

 पढाइ तथा प्रेममा सफलता प्राप्त हुनाले मन प्रसन्न रहला । सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ । दिन राम्रो छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

तपाईंमा रिस तथा अहम्ता वृद्धि हुनसक्छ । अतः संयमित भएर आफ्नो कार्य गर्नुहोला । दिन सामान्य नै देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

वैवाहिक जीवन तथा व्यवसायका क्षेत्रमा केही चिन्ताको स्थिति रहन सक्छ । पढाइमा   रुचि हुने छैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

जागिरको क्षेत्र राम्रै रहनेछ । धार्मिक स्थान तथा मन्दिरहरूको भ्रमण र दर्शन गर्ने अवसर मिल्नेछ । यात्रा फलदायी होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

शिक्षाक्ष्ँेत्रबाट सफलता हासिल गर्ने योग रहेको छ । लामो दूरीको यात्रा होला । पढाइ राम्रो रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यापार–व्यवसायको लगानीबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । व्यवसायबाट प्रशस्त लाभ हुनेछ । मन प्रसन्न रहला ।