मोरङ । मोरङको ग्रामथान गाउँपालिका-७ का ३३ बर्षीय मनोज साह सुन्दरहरैचा नगरपालिका-११ बेलेपुर स्थित झरना खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।

आज दिउँसो साँढे १२ बजेको समयमा उक्त स्थानमा मानिस डुबी मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले साहलाई मृत अबस्थामा फेला पारेको उक्त कार्यालयले जनाएकाे छ ।
मृतक साहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहकाे उक्त कार्यालयले जनाएकाे छ ।