ब्लाष्टखबर । लागुऔषध गाँजासहित सर्लाहीमा श्रीमान श्रीमती पक्राउ परेका छन् ।

ज ११ प ७९७१ नम्बरको मोटरसाइकलमा सबारमा  महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साहलाई ईश्वरपुर नगरपालिका १३ स्थित रेल्वे फाँटको बाटोमा चेकजाच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए ।

पक्राउ परेका दाम्पत्तीलाई  नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको डीएसपी कुँवरले बताए ।