धरान । धरान उपमहानगरपालिका वडा नं. १२को छिमेकीलाइनमा एक महिला आफ्नै घरभित्र मृत फेला परेकी छिन् । 

घरमा एक्लै बस्दै आएकी ४२ वर्षीया यसोदा तामाङको शव कोठाभित्र सिरक ओढेको अवश्थामा फेला परेको हो । शवको टाउकाको मासु भने कुकुर र बिरालोले खाईसकेको अवश्थामा फेला परेको प्रहरीले जनाएको छ ।

ती महिलाका श्रीमानको गत कार्तिकमा मृत्यु भएपछि उनी घरमा एक्लै बस्दै आएको स्थानीयले बताएका छन् । केहीदिन अघिसम्म घर परिपरि नै देखिएकी उनी तीन दिनदेखि नदेखिएको छिमेकीलाईनका स्थानीयले बताएका छन् । छिमेकीले केही दिनदेखि नदेखेको र घरबाट दुर्गन्ध आउन थालेपछि छिमेकीहरुले उनका आफन्त र प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर ढोका फोडि हेर्दा कोठाभित्र शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।