पथरी । पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको कानेपोखरी–रंगेली सडकको कानेपोखरी चोक दक्षिण ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार दुर्घटनाबाट कानेपोखरी ४, धमकुवा निवासी ३० बर्षिय रोसन गुरुङको साँझ ६ बजे उपचारको क्रममा मृत्यु भएको हो । ढुङ्गा बोकेर कानेपोखरी चोकबाट दक्षिण जाँदै गरेको को २ त ६९९७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको को १७ प ४८४५नम्बरको मोटरसाइकललाई ठक्करदिए पछि दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । मृतक गुरुङलाई पथरी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

सोही दुर्घटनामा मोटरसाईकल पछाडी सवार कानेपोखरी ४ बस्ने २८ बर्षिय राजकुमार तामाङ पनि गम्भिर घाइते भएका छन् । तामाङको पछाडी पटी टाउकोमा चोट भएकोले थप उपचारको लागि विराटनगर लगिएको प्रहरीले बताएका छन् । ट्याक्टर चालक फरार छन् भने ट्याक्टर र मोटर साइकल भने प्रहरीको नियन्त्रणमा छ ।