ब्लाष्टखबर । नेपाली बजारमा मंगलबार सुनकाे मुल्यमा वृद्धि भएकाे छ । सोमबार ९२ हजार २ सयले कारोबार भएको छापावाला सुनकाे मुल्यमा ६ सयले बढेर ९२ हजार ८ सय पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन प्रतितोला ९२ हजार तीन सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
यस्तै, चाँदीमा आज तोलामा २० ले वृद्धि भएर १ हजार २ सय ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।