पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा घरपालुवा ६ विरालो र ६ सय १६ कुकुर गरी ६ सय २२ लाई रेबिज विरुद्धको खोप लगाइएको छ ।

रेविज विरुद्धको दिवशदेखि प्रारम्भ गरी पुस २२ देखि २७ गतेसम्म वडा वडामा शिविर सञ्चालन गरेर खोप लगाइएको नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो ।

वडा वडामा ३ सय २९ र पशुसेवा केन्द्रमा २ सय ९३ लाई खोप लगाइएको हो । पथरी शनिश्चरेलाई रेविजमुक्त नगर बनाउने लक्ष्य सहितको सो अभियानमा खोप लगाएपछि पशुधनिलाई खोप कार्ड प्रदान गर्ने गरिएको छ । १ वर्षपछि पुनः खोप लगाउनु पर्ने हुन्छ ।