धरान । धरानमा नयाँ कृषि उपज बजार सुरु भएको छ ।
धरान उपमहानगरपालिका–७ शुक्रपथमा खुलेको शुभम कृषि उपज बजारको सोमबार प्रदेश नं.१का सभामुख प्रदीपकुमार भण्डारीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी लगायत उपस्थित थिए ।
शुक्रपथमा रहेको १० कट्ठा जग्गा लिजमा लिएर काजी गिरी, रुद्र न्यौपाने, दिल बहादुर राई र मुक्ति बन्धु अधिकारीले सञ्चालन गरेको सो कृषि उपज बजारमा तरकारी, फलफुल, माछामासु देखि दैनिक उपभोग्य बस्तुहरु खरिद, बिक्री भइरहेको छ ।