ब्लाष्टखबर। मोरङको बिराटनगर महानगरपालिका ६ मा ट्याक्टरले साईकललाई ठक्कर दिंदा साईकलको पछाडी सवार रहेकी गंगा श्रेष्ठको ६ बर्षीया छोरी तृसा श्रेष्ठको मृत्यु भएको छ ।

आज बिहान पौने १२ बजेको समयमा को १ त ७०३९ नम्बरको ट्याक्टरले साईकललाई ठक्कर दिंदा घाईते भएकी बालिकाको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा दिउँसो सवा १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका अनुसार घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेकाे छ।