ब्लाष्टखबर । काठमाडाैंकाे टाेखामा  श्रीमानको र श्रीमती दुबै मृत अवस्थामा फेला परेका छन् । 

 ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका  सुर्खेत घर भएका श्रीमान उमेश केसी  बेडरुममा लडिरहेको अवस्थामा फेला परेका छन्  ।

  श्रीमती  सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी प्रमेश विष्टले बताएका छन् । 

उमेशकाे कानबाट रगत बगिरहकाे र शवकाे नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको श्रीमा श्रीमती बिच विवाद सिर्जना भइ श्रीमती सुदिक्षाले श्रीमानकाे हत्या गरी आफु झुण्डिएर आत्महत्या गरेकाे हुनसक्ने अनुमान गरिएकाे छ । 

डिएसपी विष्टका अनुसार उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट  फर्कीएकाे थिए । श्रीमान र श्रीमती बिच केहि समययता विवाद हुँदै आएको बताइएकाे छ ।