ब्लाष्टखबर । क्यापिटल भवनमा भएको हिंसा पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  विरुद्ध महाअभियोग लगाउने सम्भावना बढ्दै गएकाे छ।

अमेरिकी प्रतिनिधि सभामा डेमोक्र्याटले सोमबार रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको विरुद्ध महाअभियोगको नयाँ अनुच्छेद पेश गर्ने योजना बनाएकाे छ ।

यस विषयमा सभामुख न्यान्सी पेलोसीले पनि जाेडदार आवाज उठाएकी छिन्।

अमेरिकी संञ्चारमाध्यमहरूका अनुसार संसद भवनमा भएकाे आक्रमणपछि ट्रम्पलाई उनको कार्यकाल अगाडि हटाउनै हटाउन तीव्र आवाज उठिरहेकाे छ  । 

अमेरिकी संविधानको धारा २५ मा राष्टपतिलाई  कार्यकाल अगाडिनै हटाउन सकिने प्रावधान रहेकाे भएपनि त्यसकाे पहल भने उनकै मन्त्रिमडंलबाट हुनु पर्ने प्रावधान रहेकाे छ ।

सभामुख पेलोसीले ट्रम्पका उपराष्ट्रपति माइक पेन्स र  मन्त्रीमंडललाई तत्काल ट्रम्पलाई हटाउने प्रकृया अगाडी बढाउन आग्रह समेत गरेकी छिन्।

 ट्रम्प समर्थकहरूले क्यापिटल भवनमा हमला गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग  भएकाे आणविक काेडलाई लिएर अमेरिमा चिन्नता थपिएकाे छ ।

उक्त काेडकाे प्रयाेग गरी  ट्रम्प  सैन्य हडतालको अर्डर गर्न बताउँदै नैन्सी पेलोसीले डेमोक्रेटहरूलाई सतर्क रहन बताएकी छिन् । 

पेलोसीले यसबारे अमेरिकी वरिष्ठ सैनिक अधिकारीसँगपनि छलफल गरेकाे बताइएकाे छ ।