झापा । झापा बिर्तामोड–५ को ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाले कोरोना महामारीका कारण सरकारले तोकेका स्वास्थ्यका मापदण्ड पूरा गर्दै क्षेत्रगत भेलामा छलफल र सुझावसहित चारपानेमा शुक्रवार साधारणसभा सम्पन्न गरेको हो । संस्थाले ६ वटा क्षेत्र निधारण गरी पुस ११ गतेदेखि १८ गतेसम्म क्षेत्रगत भेला गरेको थियो ।
संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाज झापाका अध्यक्ष तथा संस्थाका उपाधयक्ष खिलबहादुर गिरी (राजु) ले स्वागत गरेका थिए । कार्यक्रममा नेपाल दशनामी समाज झापा महिला अध्यक्ष पार्वता गिरी, नेपाल दशनामी समाज झापा वरिष्ठ उपाध्यक्ष एलबहादुर गिरी, अग्रज पत्रकार तथा संस्थाका सल्लाहकार गोपाल गिरी, नेपाल दशनामी समाज केन्द्रिय सल्लाहकार केदारप्रसाद गिरी, दशनामी समाजका जेष्ठ सदस्य अम्वरबहादुर गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थामा १ हजार ६ सय ३७ जना शेयर सदस्य छन् भने शेयरपुँजी १ करोड ८९ लाख ६९ हजार २ सय छ । संस्थाले आर्थिक बर्ष २०७६÷७७ मा १० लाख ३८ हजार ५ सय ९ रुपैयाँ ५ पैसा नाफा गरेको प्रतिवेदनमा छ । कार्यक्रमको सञ्चालन नेपाल दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष तथा संस्थाका सल्लाहकार चन्द्रप्रसाद गिरीले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, लेखा समिति संयोजक इन्द्रमणि पौडेल, ऊँ नमः कृषि सहकारीका अध्यक्ष वालकृष्ण गिरीलगायतको उपस्थिति रहेको थियो ।