बिर्तामोड / चारपाने साना किसान कृषि सहकारी संस्थाको सातौं अधिवेशनले सूर्यप्रसाद रिजाललाई अध्यक्षमा चयन गरेको छ ।

संस्थाको बिहिबार आयोजित साधारणसभाले उपाध्यक्षमा सरिता ओली र सदस्यमा महेन्द्रकुमार राजवंशी, कृष्णप्रसाद ढकाल, कोपिला भट्ट, समिरा घिमिरे (बजगाई), निर्मला रिजाल, भरत बस्नेत, झुमादेवी कडेल, तुलसा संग्रौला र निरा रिजाल (मिश्र) चयन गरेको छन् ।

त्यस्तै, लेखा समितिको संयोजकमा राजेन्द्र खरेल तथा सदस्यमा रेञ्जु मैनाली र झुमा पाठक चयन भएका छन् ।

संस्थाका अध्यक्ष जानुकादेवी संजेलको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रवन्धक सुवास गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

आर्थिक बर्ष २०७६/०७७ सम्ममा संस्थामा ७ सय ३६ जना शेयर सदस्य रहेको अध्यक्ष संजेलद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको शेयरपुँजी ४९ लाख ५० हजार रहेको छ भने यस आ.व.मा समुह बचत, ऐच्छिक बचत, ग्राहक सुरक्षण बचत जस्ता खाताहरुमा कारोवार भएको जनाइएको छ ।

यस आ.व.मा निक्षेप ६६ लाख ९५ हजार १ सय ४५ रुपैयाँ ८३ पैसा भएकोमा ५९ लाख ५ हजार ८ सय ७६ रुपैयाँ ९० पैसा फिर्ता भई ९८ लाख २२ हजार १ सय ३९ रुपैयाँ ९३ पैसा बचत कायम रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस आवमा २ करोड ९ लाख ३८ हजार ६ सय ३९ रुपैयाँ लगानीमा रहेको छ भने आव २०७३/०७४ देखि पशुधन सुरक्षण उपसमिति गठन गरी गाई, भैसी, राँगा, बाच्छाबाच्छी, पाडापाडीको विमा सुरु गरी २५ लाख रुपैयाँ बराबरको पशुधन सुरक्षण गरेको प्रतिवेदनमा छ ।