ब्लाष्टखबर । पछिल्ला केहि दिनयता लगातार उकालाे लागेकाे सुनकाे मुल्य बिहिबार ( आज) भने गिरावट आएकाे छ ।
बुधबार ताेलाकाे ९६ हजार ७०० मा कारोबार भएको छापावाला सुन बिहिबार नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ ।
बुधबार तोलामा ९६ हजार २०० मा कारोबार भएको तेजाबी सुन बिहिबारकालागी प्रतितोला ९४ हजार ९०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । यस्तै, चाँदी भने तोलामा रु १० ले मात्रै ओरालो लागेको छ । प्रतितोला रु एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ