ब्लाष्टखबर । हप्ताकाे तेस्राे दिन मंगलबार नेपाली बजारमा सुनकाे मुल्यमा वृद्धि भएकाे छ । साेमबार  प्रतितोला ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुनकाे मुल्यमा १ हजार १०० ले बढेर ९६ हजार ४०० मा कारोबार भएकाे  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 महासङ्घका अनुसार  तेजाबी सुन आज प्रतितोला  ९५ हजार ९०० मा कारोबार भएकाे छ ।  यस्तै चाँदी प्रतितोला  १० ले वृद्धि भई १ हजार ३३५ मा कारोबर भएको छ ।