काठमाडौँ/ टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी  ट्रेडिङ्ग  प्रा. लि. मितेरी बिकाश बैंक लिमिटेडबीच सम्झौता भएको छ ।

अब टाटा मोटर्सको कमर्शियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले मितेरी बिकाश बैंकको १८ वटा शाखा मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरिएको निर्देशन, परिपत्र तथा बैंकको नीति अनुसार ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराईनेछ ।

उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट इटहरी शाखाको एरिया सेल्स म्यानेजर ओम कुमार पाण्डे ज्यु र मितेरी बिकाश बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्ती ज्यूले एक कार्यक्रमबीच हस्ताक्षर गर्नुभएको थियो ।